Logo

पूर्व डीआईजी छविलाल जोशीको बयान र थुनछेक बहस न्यायाधीश खरेलको इजलासमा



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आइतबार उनी आफैं अदालत हाजिर भएका हुन् । उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ ।

जोशीको बयान तथा थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ । बयान तथा थुनछेकपछि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । जोशी गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन् ।

स्वर्णलक्ष्मिी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए । उनी ६० लाख धरौटी तिरेर छुटिसकेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग धरौटी मागेको थियो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्