Logo

विप्लवको पार्टीले ०८४ को निर्वाचन लड्ने, चुनाव चिन्ह आलु राख्न प्रस्ताव !



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी २०८४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचनमा भाग लिने गरी तयारी भइरहेको बताएका हुन् । अबको केही दिनभित्रै निर्वाचन आयोगमा निवेदन दिने पनि उनले बताए ।

महासचिव विप्लवका अनुुसार अहिले चुनाव चिन्ह के लिने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको छ । चुनाव चिन्ह आलु राख्न पनि प्रस्ताव आइरहेको छ । नेकपाले सामूहिक खेती गरेर थुप्रै आलु उत्पादन गरेको र सबै जनताको घरघरमा आलु पाक्ने भएकाले उक्त चुनाव चिन्हका लागि प्रस्ताव आएको विप्लवले बताए ।

‘रमाइला रमाइला सुझावहरु पनि छन् । एउटा कमरेडले के भन्नुभयो भने धेरै आलु खेती गरेको हुनाले आलु राखौं दाइ पनि भन्नुभयो । सबैले चिन्छन्, भान्सा–भान्सामा पाक्छ पनि भन्नुभएको छ । तर, फेरि आलु भनेपछि कस्तो हुन्छ भन्ने पनि हो । जनताले चिन्ने, सजिलै बुझ्ने चिन्ह हामी लिन्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्