काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । आज भएको समूह बी अन्तर्गतको खेलमा कोशीले बागमती प्रदेशको महिला टिमलाई १० रनले हरायो ।
कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती १२।२ ओभरमा ५३ रनमा अलआउट भयो । बागमतीका लागि विपासा शाहीले १२ तथा सविका यादवले २० रन जोड्नुबाहेकअरुले गतिलो प्रदर्शन गर्न सकेनन् । कोशीका लागि ज्योति दनुवार, रुविना क्षेत्री र संगिता राईले समान २ तथा निशा शाहले एक विकेट लिईन् ।
यसअघि खराब मौसमा कारण १३ ओभरमा झारिएको खेलमा बागमतीले ६४ रनको लक्ष्य दिएको थियो । निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर कोशीले ६३ रन जोडेको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले १५ तथा विमला मल्लाहले १९ रन जोडिन् । कोशीले १४ रन अतिरिक्तमा पायो । अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि ४ विकेट लिएकी मनिषा उपाध्यायले ह्याट्रिक विकेट लिएकी थिईन् । मनिषाले खेलको ९ ओभरको दोस्रो तेस्रो र चौथो बलमा लगातार विकेट लिँदै ह्याट्रिक गरेकी हुन् । उनले ९।२ ओभरको बलमा ७ रन जोडेर खेलिरहेकी लकिता राजवंशीको विकेट लिँदा तेस्रो बलमा टीका शाह र चौथो बलमा सानु राजवंशीको विकेट लिईन् । उनीहरु दुवै जना शून्य रनमा आउट भए ।