काठमाडौं, ६ माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । आज (आइतबार) लामिछाने, नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको हो ।
उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । यसअघि २८ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर भइसकेको थियो । योसँगै सुप्रिम सहकारी ठगीमा ४२ जना प्रतिवादी बनेका छन् । लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।