Logo

पीएम कप क्रिकेट: मधेशको खराब ब्याटिङ, आर्मीले पायो २६ रनको लक्ष्य



काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशको महिला टिमले त्रिभुवन आर्मीलाई २६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मधेश १५ ओभरमा २५ रनमा अलआउट भयो ।

मधेशका लागि भूमि सिंहले सर्वाधिक १० रन जोड्दा प्रतिमा साह, सीमा कुँवर, सरस्वती कुमारी, रोजी कडारी, मोनिका साह, दीपा राम र प्रज्ञा क्षेत्री श्ून्य रनमा आउट हुँदा साँक्षी यादवले ४ र सीवानी साहले ३ रन जोडिन् ।

बलिङतर्फ आर्मीका लागि आस्मा पुलामी मगरले तीन तथा लक्ष्मी साउद र मनिषा चौधरीले समान दुई विकेट लिए । सीता साही र ईश्वरी विष्टको नाममा समान एक विकेट रह्यो ।



प्रतिक्रिया दिनुहोस्