Logo

देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैनः महासचिव पोखरेल



काठमाडौं, ६ माघ । नेकपा (एमाले) का का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने अभियानको उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको बताए । नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रशंग सुनाउँदै उनले ३२ सिट भइको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।

संसद्मा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्