काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा आजबाट सुरु भएको जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन विश्वविद्यालयलाई बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहारले १३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको बिहार १७।३ ओभरमा १३४ रनमा अलआउट भयो ।
बिहारका लागि विशाल राजले ४२ तथा इमरान हस्मिले ४१ रन जोडे । त्रिविका लागि सन्तोष क्षेत्रीले सर्वात्रिक ४ तथा मुकेश ओझा र खगेन्द्र सिंहले समान ३ विकेट लिए ।
प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।