Logo

काठमाडौं आइपुगे साम्पाङ, भोलि रित्तो गाग्रीसहित सिंहदरबार पस्ने



काठमाडौं, ७ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । संघीय सरकारले खानेपानी समस्या समाधान नगरेको भन्दै संकेतिक विरोधका लागि उनी काठमाडौं आएका हुन् ।

मेयर साङ्पाङले भोलि रित्तो गाग्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताइएको छ । उनले यसअधि धरानको भानु चोकमा रितो गाग्रीसहित प्रदर्शन गरेका थिए । धरानमा विगत लामो समयदेखि खानेपानीको समस्या छ ।

आफू स्वतन्त्र निर्वाचित जनप्रतिनिधि भएकाले धरानलाई संघीय सरकारले हेपेको साङ्पाङले बताए । यसभन्दा अगाडि मन्त्रीहरुले धरानको खानेपानी समस्या समाधानका लागि बजेट हालिदिन्छु भनेर धेरै पटक आश्वासनमात्रै दिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्