काठमाडौं । सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्दा कुटाइ खाएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देहीमा पनि रविको विरुद्धमा सहकारी पीडितको तर्फबाट बहस गर्ने
भएका छन् ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा आजबाट रविको बयान तथा थुनछेक बहस हुँदैछ । रवि हिजै रुपन्देही पुगिसकेका छन् ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीका पीडितको तर्फबाट वकालत गरेका त्रिपाठीलाई माघ २ गते अदालत परिसरमा रास्वपा समर्थकले आक्रमण गरेका थिए ।
विको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ । नारायण बहादुर पहराई समेत को जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन् ।
उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।