Logo

अखिल क्रान्तिकारीको उपमहासचिवमा विष्णु ढुङ्गेलको उम्मेदवारी



काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपमहासचिव पदमा विष्णु ढुङ्गेलले उम्मेदवारी दिएका छन् । ढुङ्गेलले उपत्यका विशेष प्रदेशको प्रतिनिधित्व गर्दै उपमहासचिव पदमा उम्मेदवारी दिएका हुन् । लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । यसअघि उपमहासचिव पदका उम्मेदवार ढुङ्गेललयातका विद्यार्थी नेताहरुले आन्तरिक संघर्ष गरेर संगठनमा ३२ वर्षे उमेर हद लगाउन सफल भएका थिए । अब अखिल क्रान्तिकारीको नेतृत्व ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुले हाँक्नेछन् ।

उपमहासचिव पदका उम्मेदवार ढुङ्गेल नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन इकाइका सभापतिसमेत हुन् ।विश्वविद्यालयका तमाम समस्या समाधानका लागि जोडदार आवाज उठाउन र नेपालको विद्यार्थी आन्दोलनलाई नवीन ढंगले अगाडि बढाउन आफूले उम्मेदवारी दिएको ढुङ्गेलले बताएका छन् । नेपालको विद्यार्थी आन्दोलनको बहस थप उचाईमा पुर्याउन आफूलाई मतदान गर्न पनि उनले अपिल गरेका छन् ।

उपमहासचिव पदका उम्मेदवार ढुङ्गेलले अहिलेको शिक्षा दलालहरुले चलाइरहेकाले दलालहरुको हातबाट अहिलेको शिक्षा पद्धति खोसेर राज्यले आम नागरिकको शिक्षाको जिम्मेवारी लिनेगरी आन्दोलन र जागरण अभियान चलाउनुपर्ने आवस्यकता औंल्याए ।

विद्यालय र विश्वविद्यालयमा देखिएका तमाम समस्या, पाठ्यक्रममा रहेका कमीकमजोरी सुधारको लागि झक्झक्याउने र शैक्षिक पद्धतिलाई समयानुकूल परिवर्तन र सुधारको लागि आफूले अखिल क्रान्तिकारीको उपमहासचिवको भूमिकामा रहेर काम गर्न चाहेको उनले सुनाए । आजको विद्यार्थी आन्दोलनले विद्यार्थीलाई सीपसँग जोड्न भूमिका खेल्न नसकेको अवस्थामा आफूले नवीन बहसको सुरुवातका लागि उम्मेदवारी दिएको बताए ।

‘मेरो उम्मेदवारी भनेको उपत्यकालाई आन्दोलनको केन्द्रविन्दु बनाउने र विश्वविद्यालयका तमाम बेथितिको विरुद्ध मैले उपमहासचिवमा उम्मेदवारी दिएको हो । उपमहासचिव उपत्यकाको इन्चार्ज हुन्छ, त्यो रोलमा रहेर मैले विद्यार्थीका समस्या र शैक्षिक मुद्दाहरुलाई तार्किक निष्कर्षमा पुर्याउन भूमिका खेल्नुछ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्