Logo

नोबेल अस्पतालमा भित्रियो ४० सेकेन्डमै क्यान्सरको उपचार गर्ने प्रविधि



काठमाडौं, ९ माघ । विराटनगरको नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्र्याएको छ । यो प्रविधि नेपालमै पहिलो पटक भित्रिएको हो ।

अस्पतालका सञ्चालक एवं प्रतिनिधि सभा सदस्य डा. शुनिलकुमार शर्माका अनुसार यो प्रविधि दक्षिण एसियामा भित्र्याउने नोबेल नवौं अस्पताल हो ।

डा.शर्माले उक्त मेसिन ५५ करोडमा खरिद गरिएको जानकारी दिए । एक वर्ष अगाडि नै उक्त मेसिन ल्याउने तयारी रहेकोमा सरकारी झन्झटका कारण ढिला भएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्