Logo

प्रधानमन्त्री ओलीको भासिएको स्वर अझै खुलेन, आज पनि आराममै



काठमाडौं । चिसोका कारण अस्वस्थ बनेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि आरमा नै रहने भएका छन् । प्रधानमन्त्रीको घाँटीमा समस्या आएको र स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबार पनि उनी बालुवाटारमा आरममै रहेका थिए । भासिएको स्वर अझै राम्रोसँग नखुलेको स्रोतले जनाएको छ । ओली आज पनि अत्यावश्यक बाहेकका भेटघाट र कार्यक्रममा सहभागी नहुने भएका छन् ।

स्वास्थ्य ठीक नभएकै कारण प्रधानमन्त्री ओली बुधबार पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुन सकेनन्।



प्रतिक्रिया दिनुहोस्