काठमाडौं । संसदीय समितिमा विचाराधीन रहेको निजामती विधेयकको प्रस्तावनामा केही शव्दहरु थपिने भएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा ती शव्दहरु थप्ने सहमित भएको हो ।
सांसदहरूको रायका आधारमा समितिले ‘पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने निर्णय गरेको हो ।