Logo

ट्रम्पको शपथग्रहणमा सहभागी हुन अमेरिका पुगेका एमाले सांसद ढकाल र राष्ट्र संघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता



काठमाडौं । राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका नेकपा एमालेका सांसद एकनाथ ढकालले बुधबार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट गरेका छन् ।

न्युयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना सन्देश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शपथग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वासिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए । पूर्वमन्त्री ढकालले क्यपिटल हिलमा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डुलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्टलगायतसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्