Logo

अखिल (क्रान्तिकारी) को खुला सचिवमा सत्यराज बोहराको उम्मेदवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको भोलि हुने निर्वाचनका लागि सत्यराज बोहराले खुल्ला सचिवमा उम्मेदवारी दिएका छन् ।

सुदूर बझाङमा जन्मे हुर्केका बोहरा सानैदेखि समाज परिवर्तनको सपना बोकेर राजनीतिमा लागेका युवा हुन् । अध्ययनको लागि काठमाडौँको बीपी स्मृति कलेज मा तीन वर्षीय सामान्य चिकित्सक (एचए) अध्ययन सुरु गरेका थिए। अध्ययनसँगै राजनीतिक चेतना बढाउँदै उनले २०७५ सालमा आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भएपछि सत्यराजले विभिन्न सामाजिक अन्यायका विरुद्धमा आवाज उठाउन थालेका थिए । विद्यार्थीहरूको हकहित, शैक्षिक माफियाको विरोध, र वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखनजस्ता मुद्दाहरूमा उहाँले दृढताका साथ काम गरेका छन् ।

सत्यराजले २०७७ मा अखिल क्रान्तिकारी बझाङ काठमाडौँ सम्पर्क समितिको सहसचिवको जिम्मेवारी लिएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन्। त्यसपछि उनी क्रमशः २०७९ मा उपाध्यक्ष र २०८० मा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

राजनीतिक जिम्मेवारीसँगै सत्यराजले समाजसेवामा पनि उत्तिकै महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। उनले सिङ्गो देशभरिबाट अध्ययन गर्न राजधानी आएका विद्यार्थीहरूको हितका लागि ब्रेभ लाइन युथ क्लब स्थापना गरेका थिए। क्लबले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरूलाई प्रतिनिधित्व गर्दै सकारात्मक सामाजिक गतिविधि सञ्चालन गरेका छन ।

उनले शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार र अनैतिक गतिविधिहरूको विरोधमा सशक्त भूमिका निर्वाह गरेका छन्। उनले वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखन, होटल व्यवसायमा हुने अनैतिक गतिविधि, र टोले गुण्डाहरूको आतंकको विरुद्धमा आफूलाई उभ्याउँदै आएका छन् ।

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा खुल्ला सचिव पदका लागि उम्मेदवार बनेका उनको लक्ष्य विद्यार्थीहरूको हकहितलाई सुनिश्चित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनु भएको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्