Logo

बालयौन दुरुपयोगका आरोपी मदन राई दोषी ठहर, माघ २५ गते सजाय निर्धारण हुने



काठमाडौं । बलयौन दुरुपयोगका आरोपीत मदन राई अदालतबाट दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो । गत माघ १० गते जिल्ला न्यायाधीश नरायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो ।

आफैंले स्थापना गरेका शुभद्रा मदन फाउन्डेसनमा पढ्ने बालिका तथा किशोरीलाई यौन दुव्यवहार गरेको आरोप उनीमाथि छ । सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्