Logo

सुप्रिम सहकारी ठगी प्रकरण: रविको तर्फबाट पूर्व महान्यायाधीवक्ता श्रेष्ठको बहस सुरु, आजै आदेश आउला ?



काठमाडौं । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

तेस्रो दिनको थुनछेक बहसका लागि लामिछाने अदालतमा उपस्थित भइसकेका छन् । जिल्ला न्यायाधीश प्रह्लाद योगीको इजलासमा सो मुद्दाको थुनछेक बहस भइरहेको छ ।

बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् ।

रविको पक्षबाट अहिले पूर्व महान्यायाधीवक्ता समेत रहेका रमण श्रेष्ठले बहस गर्न सुरु गरेका छन् ।त्यसअघि अर्का पूर्व महान्यायाधीवक्ता सुशील पन्तले बहस गरेका थिए । आज रमणसहित रविको पक्षबाट पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्