Logo

विगेन नेपालको नयाँ शाखा तम्घासमा



काठमाडौं । विगेन नेपालको नयाँ शाखा गुल्मीको तम्घासमा पनि विस्तार भएको छ । नेपालमा एक दशकभन्दा लामो अनुभव सँगालेको प्रतिष्ठित संस्था विगेन नेपालले स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान दिँदै आइरहेको छ।

विगेन नेपालले आधुनिक थर्मल थेरापी प्रविधिको माध्यमबाट दीर्घरोगीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ। रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीलेबाट नयाँ शाखाको उद्घाटन सम्पन्न भएको थियो । विगेन नेपालले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै लाखौँ जनतालाई सेवा प्रदान गरिसकेको छ ।

रोगग्रस्त व्यक्तिहरूलाई निःशुल्क उपचार प्रदान गर्दै स्वास्थ्यप्रति जागरुक बनाउनु विगेन नेपालको मुख्य उद्देश्य रहेको छ । विगेन नेपालले देशभर ७५ भन्दा बढी शाखाहरूमार्फत स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार यस संस्थाले गरिब, दुःखी र पीडित जनताको जीवन सहज बनाउन काम गरिरहेको छ । यस संस्थाले स्थानीय सरकारसँग सहकार्य गरी नीति निर्माण र बजेट व्यवस्थापनमा समेत प्रभावकारी भूमिका खेल्दै भविष्यमा अझ धेरै क्षेत्रमा सेवा विस्तार गर्ने योजना लक्ष्य लिएको छ ।

के हो थर्मल थेरापी पद्धति ?

विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निः शुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले बताएको छ ।

स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण विक्रिबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवा निःशुल्क प्रदान गर्ने गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्