Logo

प्रधानमन्त्री ओली हामी टुक्रा-टुक्रा भएको हेर्न चाहन्छन्ः माधव नेपाल



काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले साना पार्टीहरु टुक्रा–टुक्रा होस् भन्ने चाहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिलेका प्रधानमन्त्री चाहन्छन्, हामी टुक्रा–टुक्रा होऔं,’– उनले भने ।

साथै, अहिलेको सरकार जिम्मेवार नरहेको उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले अहिलेको सरकारसँग देश र जनताको पक्षमा काम गर्ने हुटहुटी नरहेको बताए । ‘अहिलेको सरकार जिम्मेवार छैन, हुटहुटी पनि छैन । देशको विकासको लागि हुटहुटी चाहिन्छ,’– उनले भने ।

सरकार उद्योग, जलस्रोत, पर्यटनको विकासमा गम्भीर हुनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । यी कुराहरुमो समाजवादी मोर्चा अगाडि बढेको नेता नेपालले दाबी गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्