Logo

नेपाल प्रहरीसहित तीन वटा ऐनको संशोधन विधेयक संसद्मा



काठमाडौं, १५ माघ । गृह मन्त्रालयले नेपाल प्रहरी ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पठाएको छ । मन्त्रालयले प्रहरी ऐन संशोधन विधेयकसहित सशस्त्र प्रहरी ऐन संशोधन विधेयक र नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक पनि दर्ताका लागि पठाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन संशोधन विधेयकमा जवानहरुलाई १६ वर्षमै अवकाश जान मिल्ने व्यवस्था समावेश गरिएको छ । त्यस्तै, नागरिकता ऐन संशोधन विधेकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने व्यवस्था गरिएको छ ।

कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी नागरिकताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्