
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सिंहदरबार जाँदैछन् ।
केहीबेरमा लामिछाने सिंहदरबार जान लागेका हुन् । उनले सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेलाई भेट्नेछन् । सभामुखलाई भेटेर लामिछानेले आफ्नो निलम्बनबारे कुरा राख्ने रास्वपा स्रोतले जानकारी दियो ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुग ८ गते सांसद पदबाट निलम्बन भएका थिए । तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ । सिंहदरबार जान लागेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन् ।