
काठमाडौं । रास्वपाले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो ।
आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
तर, बैठक सुरु हुनासाथ रास्वपाका सांसद हरुले अहा आफ्नो स्थानबाट उठेर सभा ञ्चालनका लागि अवरोध गरिरहेका छन् । अहिले सभामुख देवराज घिमिरे र रास्वपा नेताहरुबीच सवाल जवाफ चलिरहेको छ ।
रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो।





