Logo

एमाले प्रमुख सचेतक बर्तौलाको माओवादीलक्षित टिप्पणीः सरकारमा बस्न इच्छा हुनसक्छ, मिलेर अगाडि बढ्ने हो भने छलफल हुन्छ



काठमाडौं, ४ चैत । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कुनै राजनीतिक दल वर्तमान सत्ता साझेदार दलहरुसँग मिलेर अगाडि बढ्न चाहेमा छलफल हुनसक्ने बताएका छन् । आज (सोमबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कुनै दल सरकारमा सहभागी हुन चाहेमा छलफल हुनसक्ने भएपनि अहिले सरकार परिवर्तनको कुनै सम्भावना रहेको दाबी गरेका हुन् । अहिलेको सरकार नै राष्ट्रिय सरकार र राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार रहेको उनले बताए ।

सरकार परिवर्तनका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच संवाद भइरहेको भन्ने गाइँगुइँतर्फ लक्षित गर्दै उनले भने, ‘केही राजनीतिक पार्टीहरुलाई सरकारमा बस्न इच्छा हुनसक्छ । सरकारमा आउन पाए हुन्थ्यो भन्ने हुन पनि सक्छ । यस्तो अवस्थामा केही राजनीतिक पार्टीहरु अहिलेको सत्ता साझेदार दलहरुसँग मिलेर अगाडि बढ्छु भनेर कोही आउनु हुन्छ भने छलफल हुन सक्छ । तर, अहिले सरकारको तर्फबाट, सरकारको नेतृत्वको तर्फबाट, नेपाली कांग्रेस र एमालेको तर्फबाट अहिले हामीले अन्य राजनीतिक पार्टीहरुलाई पनि सरकारमा ल्याउन कुनै छलफल चलाएर कुनै बैठक, बहस भएको छैन ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्