Logo

यस पटकको बारको चुनाव सरकारी भर्सेस कानुन व्यवसायीको उम्मेदवारः वरिष्ठ अधिवक्ता श्रेष्ठ



काठमाडौं, ५ चैत । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठले यस पटकको नेपाल बार एशोसिएशनको निर्वाचन सरकारी उम्मेदवार भर्सेस कानुन व्यवसायीको उम्मेदवार रहेको बताएका छन् । आज (मंगलबार) जिल्ला अदालत बार झापामा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि कानुन व्यवसायीले सरकारी उम्मेदवारलाई मत नदिने बताए । आगामी चैत २३ गते हुने बार एशोसिएशनको निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू कानुन व्यवसायीको वास्तविक उम्मेदवार रहेको बताए ।

अहिले डीएलए र पीपीएलएको गठबन्धन सरकारले बनाइदिएको उनले बताए । यस्तो गठबन्धनले बार र कानुन व्यवसायीको हित गर्न नसक्ने उनको दाबी छ । उनले कानुन व्यवसायीहरु आफ्नो पक्षमा रहेको समेत दाबी गरे ।

‘यस पटकको चुनाव सरकारी उम्मेदवार भर्सेस कानुन व्यवसायीको उम्मेदवार । त्यो दुईवटा कोलिसन साँच्चै नै भएको भए यहाँ कोही चुनाव लड्न आउनुपर्ने जरुरी छ ? डीएलएको संख्या निश्चित छ, पीपीएलएको संख्या निश्चित छ । तर, रमण श्रेष्ठ किन यहाँ आएको भने मसँग कानुन व्यवसायीहरु छन् । पार्टी होईन मेरो पक्षमा । सबै व्यवसायीहरु मेरो पक्षमा हुनुहुन्छ । डीएलएका साथीहरु खुल्न चाहुनु भएको छैन, पीपीएलएका साथीहरु खुल्न चाहनु भएको छैन । तर, उहाँहरु मेरो पक्षमा हुनुहुन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्