Logo

मोरङको कदमाहा गाउँमा भिषण आगलागी, चार वर्षीय बालिकाको जलेर मृत्यु



काठमाडौं, ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा भिषण आगलागी भएको छ । उक्त आगलागीका परी ४ वर्षीय बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ । वडा अध्यक्ष सन्तोषकुमार यादवका अनुसार आगलागीमा १४ वटा घर जेलेर पूर्ण रुपमा नष्ट भएको छ ।

‘आगलागीमा १४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । ती घरबाट केही पनि सामान निकाल्न सक्ने अवस्था रहेन । ४ वर्षीय रेस्मा खातुनको पनि आगलागीमा परेर मृत्यु भयो,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले भने ।

प्रहरी र स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आइसकेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्