Logo

दोस्रो चरणको चुनाव देउवाले गराउने, मधेसीदल पनि सरकारमा जाने



काठमाडौं १० बैशाख । सत्तासिन प्रमुख दुईदलबीच दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति भएको छ । पहिलो चरणको स्थानिय तहको चुनाव माओवादी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुने र जेठ ३१ म हुने चुनाव शेरबहादुर देउवाले गर्ने कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री लेखकले सरकार परिवर्तनमा कुनै समस्या नहुने बताए ।

सहमति अनुसार जेठ १५ मा बजेट ल्याउनुअघि नै सरकारको नेतृत्व परिवर्तन हुनेछ । ‘यसअघिको सहमति अनुसार पनि बैशाख १ गते सत्ता हस्तान्त्रण गर्नुपर्ने थियो ’ लेखकले भने ‘त्यसको मर्म अनुसार सरकार परिवर्तन हुनेछ । ’

देउवा नेतृत्वको सरकार मधेसी मोर्चा पनि सहभागि हुने सहमति भएको छ । तीनै चरणको चुनाव गराउन देउवाले पाउने भएका छन् । शनिबार साँझ बैशाख ३१ र जेठ ३१ दुई चरणमा चुनाव गर्नेमा सहमति भइसकेको छ । माओवादी प्रवक्ता पम्फा भूषाले भने त्यस विषयमा सत्तासिन दलबीचमा छलफल छलफल हुने बताइन ।

उनले माओवादी केन्द्रले आन्तरिक छलफलबाट एएटा निस्कर्ष निकालेपछि कांग्रेससँग सहमति गरेर निर्णयमा पुगिने जानकारी दिइन । यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चैतको अन्तिम साता निर्वाचन गरेर सत्ता कांग्रेसलाई हस्तान्त्रण गर्नेमा सहमति भएको थियो । प्रवक्ता पम्फा भूषालले आज माओवादी केन्द्रको बैठक बसेर सरकार परिवर्तनदेखि चुनावका विषयमा छलफल गर्ने जानकारी दिइन ।



प्रतिक्रिया दिनुहोस्