काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापावीच भेटवार्ता भएको छ ।
बिहीबार भएको दुई नेताहरुवीचको भेटवार्तामा स्थानीय तहको संख्या बढाउने र संसदमा प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकको बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।
छलफलमा उपप्रधानमन्त्री थापाले मुलुकको निकासको लागि पनि सरकारले ल्याएको संशोधन विद्येयकलाई पारित गराएर जानुको विकल्प नभएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर जवाफमा अध्यक्ष ओलीले संख्या बढाउने कुरा एमालेलाई स्विकार्य नहुने बताएका थिए ।