Logo

संशोधन प्रस्ताव पारित गर्न नदिने विपक्षी गठबन्धनको निर्णय



काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको विपक्षी गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी ९ दलको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

यद्धपी गठबन्धनले यही संशोधन प्रस्तावमाथि अर्को संशोधन हाल्ने निर्णय समेत गरेको नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिए । तर संशोधन प्रस्तावको कुन कुन बुँदामा अर्को संशोधन हाल्ने भन्ने कुरा छलफल गरेरमात्रै टुँगोमा पुग्ने गठबन्धनले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्