Logo

चुनाव छाडेर राष्ट्रपति आज विदेश जादै



काठमाडौं २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दै छिन् । उनी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा निस्कन लागेकी हुन् । श्रीलंकासँग सिधा उडान नभएकै कारण भण्डारी बिहान १०।१५ बजेको नेपाल एयरलाइन्सको उडानमा थाइल्यान्ड प्रस्थान गर्नेछिन् । थाइल्यान्ड पुगेलगत्तै राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्नेछिन् । बैंककमा एक दिन बसेर उनी शनिबार श्रीलका पुग्नेछिन् ।

अन्तर्राष्ट्रिय वैशाख दिवसको कार्यक्रममा सहभागी हुन राष्ट्रपति श्रीलंका जान लागेकी हुन् । बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनेछिन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुग्ने कार्यक्रम छ । उद्घाटनका प्रमुख अतिथि मोदी हुन् भने समापनका प्रमुख अतिथि राष्ट्रपति भण्डारी हुनेछिन् । उनी जेठ २ मा स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्