काठमाडौं ८ जेठ । चितवन महानगरपालिकाको मेयर भिडन्तमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार देवीले माओवादी उम्मेदवार रेणु दाहालभन्दा १७ सय २७ मतले अग्रता लिएका छन् । अहिले ११ नम्बर वडाको मतगणना भइरहेको छ । यो वडा भरतपुर महानगरपालिकाको सबैभन्दा बढी मतदाता रहेको वडा हो ।
त्यसैले यो वडामा प्राप्त गर्ने मतले दुुवै उम्मेदवारलाई ठूलो महत्व राख्दछ । उपमेयरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै छ । यस्तै, वडा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् । अध्यक्षमा एमाले उम्मेदवारले एक हजार दुई सय ५५ मत ल्याउँदा कांग्रेस उम्मेदवारले सात सय ८४ मत प्राप्त गरेका छन् ।