Logo

देउवाका सामू चुनौती



काठमाडौं १२ जेठ । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । संविधान कार्यान्वयनका लागि जग बसाएका प्रचण्डको भन्दा झन् धेरै काम गर्नुपर्ने अवस्था उनीसामू छ । निर्वाचन अघि नै आफ्नो नेतृत्वमा सरकार गठन भए मधेसी दललाई निर्वाचनमा ल्याउनु देउवाको पहिलो चुनौती हो । त्यस्तै, आगामी मंसिरसम्म प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने अर्का दुई ठूला चुनौती छन् ।

प्रदेशको निर्वाचन अघि सीमांकन, नामांकन र प्रदेशका केन्द्रसमेत मिलाइसक्ने कामका लागि सहजीकरण गर्नुपर्ने अवस्था देउवासामू छ ।

पौडेलपक्षलाई मिलाउनु पर्ने सकस

पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षलाई मिलाउनुपर्ने चुनौती पनि देउवासामू छ । पार्टी संचालन, राजदूत नियुक्ति, आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाभियोगलगायतका विषयमा पौडेल पक्ष असन्तुष्ट छ ।

यस्तो अवस्थामा पौडेल पक्षलाईसमेत विश्वासमा लिएर मन्त्रालय बाँडफाँड गर्नुपर्ने चुनौती देउवासामू छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्