Logo

साउदीबाट ‘मृतक’ फर्किएपछि…



काठमाडौं १३ जेठ । साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर, काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रितअनुसार अन्तिम संस्कार गर्‍यो । मृतकका परिवारले क्षतिपुर्ति र बिमा रकम पनि बुझे ।
तर तिनै सुबास शुक्रबार अपराहन काठमाडौं आइपुगेका छन् । अझ रोचक त रातीय रित अनुसार उनलाई फेरि न्वारन र विहे गरेर मात्र परिवारमा स्वागत गरिदैंछ ।

सुबास जसोतसो जन्मभूमि आइपुगेका छन्, तर जातिय रितमा उनी मरिसकेका छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारन गरिनेछ । अनि मोरङ लक्ष्मीमार्गमा ल्याएर विहे । यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट गर्न दिइनेछ ।

करिब तीनबर्ष अघि सुवास साउदी अरेबियाको जेदा सहरनजिकै सडक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेका अर्कैको शव सुवासको भनेर नेपाल पठाइएको थियो । उनले भने त्यसपछि आफ्नो आगत विगत भूलेका थिए ।

‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरबिया सरकार, त्यहाँका अस्पताल र रियादको नेपाली दुताबासले पनि लिखित मुचुल्कासहित शव पठाएका थिए, विमानस्थलमा दाजुलाई लिन आएका भाइ अबर तामाङले भने ‘शव क्षतविक्षत भएकाले पहिचानका लागि बढी खोजतलास गरिएन । विश्वासका भरमा दाजुको अन्तिम संस्कार गरेका थियौं ।’
-कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्