Logo

चुुनावमा जान राजपाको नयाँ प्रस्ताव



काठमाडौं । राष्ट्रिय जनता पार्टीले स्थानिय चुनावका लागि लागि नयाँ प्रस्ताव अघि सारेको छ । जनता पार्टीका संयोजक महन्त ठाकुरले प्रमसख तीनदलका शीर्ष नेताहरुले संविधान संसोधनमा लिखित प्रतिवद्धता जनाए स्थानिय तहको चुनावमा जाने प्रस्ताव गरेका छन् । स्थानिय तहको संख्या बढाउने विषयमा सर्वोच्च अदालतको आदेश अनुसार चल्ने तर चुनावपछि संविधान संधोन गर्ने लिखित प्रतिवद्धता आए चुनाव जान तयार रहेको उनले बताए ।

ठाकुरले जनता पार्टी अझैपनि चुनावको विपक्षमा नरहेको बताए । ‘संविधान संसोधन हाम्रो मुख्य मुद्दा हो ’ उनले भने ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बसेर संसोधनमा लिखित प्रतिवद्धता आए हामी चुनावमा जान तयार छौ । ’ स्थानिय तहमा चुनावी माहोल बढ्दै गएकाले राजपालाई चुनाव जान दवाव भने परेको छ । नेताहरु आन्दोलनको कार्यक्रम लिएर मधेस झर्न थालेपनि मधेसमा मधेसीदलहरु नै चुनावी दौडमा रहेकाले अप्ठ्यारो परेको राजपाका नेताहरुले नै बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्