Logo

राजपा नेपालको तारो संघीय समाजवादी फोरम



काठमाडौं ३१ जेठ । संविधान संशोधन लगायतका माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागिएको विरोधमा आफूले आह्वान गरेको बन्दको पहिलो दिन राष्ट्रिय जनता पार्टी (राजपा) संसदका ३ दल भन्दा पनि मधेस केन्द्रीत अर्को दल संघीय समाजवादी फोरम नेपालप्रति आक्रमक बनेको छ ।

असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेको राजपाले ‘मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा चार दिने बन्द’ आह्वान गरेको छ । बन्दको पहिलो दिन तराई–मधेस क्षेत्र अशान्त देखिएको छ ।

आन्दोलनकारीले मङ्गलबार वीरगन्जस्थित फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

वीरगन्जको आदर्शनगर चोकमै रहेको फोरम नेपालको नगर समितिको कार्यालयमा १५/२० जनाको संख्यामा पुगेका राजपाका नेता÷कार्यकर्ताले दिउँसो तोडफोड गरेका हुन् ।

वीरगन्जको घण्टाघर चोकमा राजपाका नेतृहरुले मङ्गलबारै अपरान्ह फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाए । राजपा नेतृ रेखा साहले मधेसलाइ धोखा दिएर चुनावमा भाग लिएकाले उपेन्द्र यादवलार्इ मधेसको गद्दार ठहर गरी उनको पुत्ला जलाइएको बताइन् ।

यसअघि सोमबार पर्साको बहुदरामाई गाँउपालिका– ६ भौराटारमा पनि राजपाका नेता–कार्यकर्ताले मङगलबार भौराटारमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमको तयारीका लागि गाडिएका बाँस उखेलेर फयाक्नुका साथै टायर बालेर फोरम नेपाल विरुद्ध नाराबाजी गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्