Logo

केन्द्रिय नेताको ध्यान पूर्वमा, बिराटनगरमा आज शक्ति प्रदर्शन



काठमाडौं ११ असार ।
राजनीतिक दलका शीर्ष र केन्द्रिय नेताहरू यतिबेला पूर्वका कुनै न कुनै जिल्लामा आयोजना हुने सभालाई सम्बोधन गरिरहेका भेटिन्छन् । पूर्वी हिमाली जिल्ला ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा हुादै मोरङ र सुनसरी जस्ता तराईका जिल्लामा उनीहरु आफ्ना उम्मेदवारका पक्षमा मतदाता आकर्षित गर्न लागिपरेका छन् ।

भोजपुर, धनकुटालगायत कोसी पहाडी जिल्लाको दौडाहामा समेत व्यस्त उनीहरूले पूर्वको एकमात्र महानगर विराटनगरलाई बढी महत्व दिएका छन् । यही कारण आसपास क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भए पनि उनीहरु राति अबेर विराटनगर फर्केर बास बस्ने गरेका छन् । महानगरमा कांग्रेस एक्लैले उम्मद्वारी दिएको छ भने एमाले र लोकतान्त्रिक फोरम अनि माओवादी केन्द्र र संघीय समाजवादी फोरमले तालमेल गरी उम्मेदवारी दिएका छन् ।

एमाले अध्यक्ष केपी ओली शनिबार झापाको पश्चिमी क्षेत्र हुादै पूर्वपश्चिम राजमार्गका आधा दर्जनभन्दा बढी स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै विराटनगर आइपुगे । मोरङको बेलबारीमा आयोजित सभामा उनले दोस्रो चरण निर्वाचनमा पनि आफ्नो पार्टी अग्रस्थानमा आउने दाबी गरे । साताअघि नै राजधानीबाट गृहजिल्ला झापा आएका उनी एकै दिनमा दर्जनभन्दा बढी चुनावी सभामा सहभागी भइरहेका छन् ।

उनले गृहनगर झापाबाट पश्चिम लागेसागै मोरङको उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी, सुन्दर हरैंचा र सुनसरीको इटहरी नगरका विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गरे । विराटनगर महानगरपालिकाको बुधहाट चोकमा आयोजित सभालाई सम्बोधन गरेपछि मात्र शनिबारको उनको कार्यक्रम सकिएको छ ।
आफ्नो दल र उम्मेदवारका लागि मत माग्न अनि पार्टीको धारणा समुदायलाई सुनाउन यतिबेला चर्चित केन्द्रिय नेताहरु पूर्वी जिल्लाका गाउा–नगर घुमिरहेका छन् । एमाले अध्यक्ष ओली, लोकतान्त्रिक फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव चुनावी सभामा सहभागी भइरहेका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसी मोरङको विराटचोकलगायत स्थानमा आयोजित सभामा सहभागी भए । उनले स्थानीय कार्यकर्ता र पार्टीका शुभेच्छुकहरुसित भेट गरी आफ्ना उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे ।
यसैगरी बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, महेश आचार्य, मीनकुमार विश्वकर्मा, शेखर कोइरालालगायत कांग्रेसका नेता पनि चुनावी सभा र घरदैलो अभियानमा सक्रिय छन् ।
कांग्रेस केन्द्रिय सदस्य निधिले स्थानीय तह निर्वाचन महत्वपूर्ण भएकाले पार्टीले पूर्वमा ध्यान केन्द्रित गरेको बताए । ‘समय कम छ त्यसैले केन्द्रिय समितिका साथीहरु बाँडिएर विभिन्न जिल्लामा खटिरहेका छौं’ उनले भने, ‘उम्मेदवारबारे ढिलो निर्णय भएकाले समय अलि कम भएको हो, दोस्रो चरणमा हाम्रो पार्टी अग्रस्थानमा हुने विश्वास छ ।’
माओवादी केन्द्रका महासचिव रामबहादुर थापा सुनसरीका विभिन्न स्थानमा आयोजित सभामा सहभागी भए । उनी विराटनगरको हाटखोलामा आयोजित संघीय समाजवादी फोरम र माओवादी केन्द्रको संयुक्त सभामा सहभागी भए । थापाले विराटनगरमा आयोजित सभामा बोल्दै परिवर्तनकारी शक्तिले मात्रै आर्थिक समृद्धि ल्याउन सक्ने भएकाले आफ्नो पार्टीका उम्मेदवारप्रति मतदाताको आकर्षण रहेको दावी गरे ।
एमाले महासचिव ईश्वर पोखरेल, विराटनगर हुादै भोजपुर पुगेर चुनावी सभामा सहभागी भए । कांग्रेस नेता नारायण खडा उदयपुरलगायत जिल्लामा आयोजित सभा र घरदैलो अभियानमा सहभागी भएर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरिरहेका छन् । यसैगरी कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइराला, कांग्रेस केन्द्रिय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पूर्वका चुनावी सभाहरुमा व्यस्त छन् ।

एमाले महासचिव पोखरेलले आफ्नै पार्टीका कारण स्थानीय निकाय निर्वाचन सम्भव भएको दाबी गर्दै निर्वाचनमा पार्टीहरुको हारजित नभएर बास्तविक लोकतन्त्रको जीत हुने टिप्पणी गरे । दोस्रो चरणमा पनि एमाले अग्रस्थानमा आउने उनको दाबी छ । केन्द्रिय नेताहरुको ध्यान खास गरी प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगरमा केन्द्रित भएको छ । महानगरको नेतृत्व आफ्नो पक्षमा पार्ने मुख्य अभियानमा लागेका उनीहरू मोरङ, सुनसरी र झापाका उपमहानगर र पूर्वपश्चिम राजमार्गमा पर्ने नयाा नगरपालिका र गाउापालिकाका चोक–चोकमा आयोजित चुनावी सभामा व्यस्त रहे । कांग्रेस केन्द्रिय नेताले पार्टीपंक्ति एकवद्ध भइ महानगरका मेयर उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीलगायत पदाधिकारीलाई बिजयी बनाउन अपिल गरे ।

माओवादी केन्द्रका महासचिव रामवहादुर थापाले पनि शनिवार मोरङ र सुनसरीका चुनावी सभामा दिन बिताए । सातायता मोरङ र सुनसरीलाई केन्द्र बनाउादै आएका संघीय समाजवादी फोरमका अध्यक्ष यादवले शनिवार विराटनगरको हाटखोलामा आयोजित माओवादी केन्द्रसहितको चुनावी सभामा दिन बिताए । उन यसअघि रंगेली, कटहरी, जहदा, धनपालथान, कर्सियालगायत स्थानमा आयोजित सभामा व्यस्त भए ।

विराटनगर महानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल छ । यहाा संघीय फोरमका उमेश यादव मेयर र माओवादी केन्द्रकी नमिता न्यौपानेलाई उपमेयर उम्मेदवार बनाइएको छ । सातादेखि सक्रिय फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदार पनि शनिबारै मोरङ र सुनसरीका विभिन्न स्थानका सभामा दिनभर व्यस्त रहे । गच्छदार र एमाले अध्यक्ष ओलीले शनिबार साँझ विराटनगरको बुधहाट चोकमा आयोजित सभालाई सम्बोधन गरे ।

विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमले चुनावी तालमेल गरेका छन् । उनीहरूको तालमेलमा एमालेबाट मेयरमा बिनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीलाई उम्मेदवार बनाएइको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्