Logo

उम्मेदवारीको पक्षमा समर्थन जुटाउन परराष्ट्रमन्त्री भारत भ्रमणको तयारीमा



काठमाडौं १२ असार ।  उप प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । भारतसँगको कूटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ । मन्त्री महरा अहिले रोल्पामा छन् । बुधबारको निर्वाचन पछि यही साता दिल्लीको तयारीका लागि काठमाडौं फर्कनेछन ।



प्रतिक्रिया दिनुहोस्