काठमाडौं १६ असार । दाङमा कम उम्मेरका वडा अध्यक्ष उम्मेदवार निर्वाचित हुनुभएको छ। नेपालकै कम उम्मेरका जनप्रतिनिधि जिल्लामै पहिलो जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको हो। दाङको गढवा गाउँपालिका ८ (साविक कोइलावास गाविस) बाट जिल्लामै पहिलो जनप्रतिनिधिको रुपमा २३ वर्षीय सद्धाम सिद्दिकी निर्वाचित हुनु भएको हो। असार १४ गते भएको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नु भएका सिद्दिकी निर्वाचित हुनु भएको हो। जिल्लाको पुरानो व्यापारिक केन्द्र तथा भारतीय सीमा जोडिएको वाडबाट सिद्दिकी वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि पहिलो काम कोइलावासमा बस्ने पुस्ताको समस्या समाधान गर्ने निर्णय घोषणा गर्नु भएको छ।
सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुरमा कक्षा १२ पढ्दै गरेका सिद्धिकी नेपाल विद्यार्थी संघ हुँदै गाउँ विकास समितिको दरुण दलको उपाध्यक्ष समेत रहनु भएको सिद्दिकी वैशाख ३१ गते मात्रै माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो। स्थानीय निर्वाचनको वडा अध्यक्षमा लड्ने आकाक्षा देखाएका उहाँलाई कांग्रेसले टिकट दिएको थिएन। ‘पहिले मैले पार्टीमै कुरा गरेँ, तर, मलाई केटाकेटी भनेर टिकट दिन मान्नु भएन, गाउँलेको जमतम म संग देखेपछि स्वतन्त्ररुपमा उठ्ने समेत योजना बनाएको थिए,’ निर्वाचित सिद्धिकीले भन्नुभयो, ‘यो सबै कुरा माओवादी केन्द्रका नेताले थाहा पाएपछि मलाई माओवादीबाटै लडन भन्नु भयो अनि टिकट दिनुभयो।’
निर्वाचित भएपछि उहाँले अब कोइलावासको विकास र समृद्धिमा उर्जासिल समय बिताउने बताउनु भएको छ। ‘दुई वर्षमा परिवर्तन देखाउने छु,’ उहाँले भन्नु भयो, ‘त्यसका लागि सबै संग सुझाव पनि लिन्छु, मेरो पहिलो प्राथामिकता सडक, नाका सुचारु, विद्यालय सुधार र पुस्तौ बिताएकाहरुको नागरिकता समस्यालाई नीति अनुसार समाधान गर्ने योजना छ।’
युुवाको अधिकारलाई निर्वाचनले सुनिश्चित गरिदिएको भन्दै त्यसलाई युवाकै लागि मिहिनत गर्ने योजना बनाएको उहाँको भनाइ छ। पुरानो व्यसायिक नाकाको रुपमा रहेको कोइलाबासले युवा नेतृत्व खोजेको थियो त्यो पाएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन्। दाङका चारवटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। राप्ति गाउँपालिका ९ , बंगलाचुली २, पुरै प्यानल माओवादी केन्द्रले जितेको हो। शान्तिनगर गाउँपालिका १ मा पनि माओवादीले जितेको छ।