Logo

सासूले बुहारीलाई पराजित गरिन



काठमाडौं १७ असार । इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् ।सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्