Logo

कम्ब्याट ड्रेसको अभावमा सशस्त्र प्रहरी



काठमाडौं, असार २२ । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कम्ब्याट ड्रेससहितका अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियाा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् । यो खबर हामीले आजको कारोबार पत्रिकाबाट लिएका हौ ।
वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजर लगायत मौसम अनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन नसकेको हो । सशस्त्र प्रहरी प्रसशासन शाखाका अनुसार अढाई वर्षदेखि ३० करोड रूपैयाँ भन्दा बढीको लत्ता कपडा लगायतका बन्दोवस्तीका सामान खरिद सम्बन्धी सम्झौता भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्