Logo

साना दललाई आकर्षक मन्त्रालय



काठमाडौं २६ असार । सरकारले व्यवस्थापिका–संसद्मा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर गराएको संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ ।

हाल सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको विपक्षमा रहेका तर एकदुई सांसद भएका साना दललाई सरकारमा सहभागी गराएर संशोधनको पक्षमा दुई तिहाइ पु¥याउने अन्तिम कसरत थालेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

सरकारमा सहभागी एक मन्त्रीले गत शुक्रबार सरकार पक्ष तथा आन्दोलनरत राजपाका शीर्ष नेताहरूको बालुवाटारमा भएको छलफलमा संशोधन निर्णयार्थ पेस गर्ने समझदारी जुटेपछि साना दललाई सरकारमा ल्याएर दुई तिहाइ पु-याउने अभ्यास तीव्र बनेको हो ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुृर देउवाले शनिबारबाटै साना दलसँगको छलफल तीव्र बनाएका छन् । केही दलले सरकारमा सहभागी भएर संशोधनको पक्षमा मत हाल्ने संकेत समेत गरेपछि सरकार हौसिएको छ ।

छलफलमा राजपा र राप्रपाका नेताले संशोधनका पक्षमा दुई तिहाइ पु-याउन भूमिका खेल्ने बताएपछि सरकार साना दलप्रति आशावादी बनेको हो ।

‘मिति त तय भएको छैन तर विपक्षमा रहेका एकदुई सिटे दलका नेताहरूलाई पनि आकर्षक मन्त्रालयसहित सरकारमा ल्याउने तयारी भएको छ । उहाँहरू सरकारमा आउन र संशोधनमा सघाउन तयार हुनुहुन्छ, एक साताभित्रै संशोधन हुने गरी सरकार विस्तार हुन्छ,’ एक मन्त्रीले भने ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई संशोधनका पक्षमा सरकार दृढ भएर लागेको र जसरी पनि संशोधन गराएरै छाड्ने भन्दै गत शुक्रबार बालुवाटार बैठकमा आश्वस्त पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्