Logo

नगरप्रमुखद्वारा विकास निर्माणका कार्ययोजना सार्वजनिक



इनरुवा, २६ असार । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका नवनिर्वाचित प्रमुख राजन मेहताले नगरको विकास गर्नका लागि एक महिने कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी चुनावी अभियानका क्रममा आफ्नो घोषणापत्रमा उल्लेख गरेको विकास निर्माणलगायतका गतिविधिसहित एक महिने कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

प्रमुख मेहता र उपप्रमुख जमुना गौतम पोखरेलले ५९ बुँदे नगरको विकाससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै कार्ययोजनामा नगरका सबै नाला सफा गर्ने, ढल निकास व्यवस्थित गर्न कार्य तालिका बनाउने, नगरका सबै पोल बत्तीको अवस्था अवलोकन गरी नबल्ने पोलबत्तीलाई बल्ने बनाउने, इनरुवा नगरपालिकाको कार्यालय र नगरका सबै वाडा कार्यालय मातहतमा उजुरी तथा सुझाव पेटिका व्यवस्था गर्ने, नगरवासीको उजुरी तथा गुनासो सुन्न टोल फ्रि नम्बरको व्यवस्था गरी सबै नगरवासीलाई त्यसको जानकारी गराउनेलगायतका काम कार्ययोजनामा उल्लेख गर्नु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्