Logo

कसरी चोर्ने सांसद ? : मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा



काठमाडौं २७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधा निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।

पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गराउने गृहकार्यमा लागेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

उनले सत्तारुढ दल माओवादी केन्द्रलगायतका दलसँग दैनिक रुपमा छलफल गर्नुका साथै राप्रपालाई पनि संशोधनको पक्षमा ल्याउने गृहकार्य गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान लिँदै आएको छ । पारित गर्न नदिनका लागि एमालेसहितको ९ दलिय गठबन्धन बनाएर नै उसले विरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्