Logo

चार गन्तव्यमा नेवानिको उडान स्थगित



काठमाडौं २७ असार । हवाई क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ ।  भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बेंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी व्यहोर्नुपर्नेछ ।

निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सी–चेकका लागि सिंगापुर पठाउँदैछ । यसै साता पठाउन लागिएको उक्त जहाजको चेकिङका लागि २ महिना लाग्नेछ ।

उक्त जहाजले उडान गरिरहेका गन्तव्यका लागि निगमले ग्लोबल टेन्डर आह्वान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी गरिरहेको थियो । तर सम्झौताको अन्तिम तयारी भइरहेका बेला प्राधिकरणले रोक लगाएको हो । –कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्