Logo

चिडियाघरका बाघ नियमित ‘व्रत’ मा, प्रत्येक शनिबार निराहार



काठमाडौं २९ असार । चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।

बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६÷६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जीवकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जीवकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’ –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्