Logo

थला परे राजसंस्थाका पुराना दुई हस्ती



काठमाडौं २९ असार । निरंकुशताको ‘बादशाह’का नामले चिनिएका दुई हस्ती बिरामी भएर थला परेका छन् । ती हुन् कीर्तिनिधि विष्ट र डा.तुलसी गिरी । राजसंस्थाको पतनसँगै गुमनाम बसोबास गर्दै आएका विष्ट र डा.गिरी गम्भीर बिरामी परेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कुनै बेला राजसंस्थाको वकालत गर्दै आएका कमल थापाले विष्ट र डा.गिरीको स्वास्थ्यको कामना गर्दै ट्वीट गरेपछि उनीहरू बिरामी परेको खुलासा भएको हो । विष्ट र डा.गिरीको गलत सल्लाह र सुझावका कारण राजसंस्था ‘अकाल’मा गुम्नु परेको आरोप लाग्दै आएको छ ।

राजा वीरेन्द्र शाहको बंशनाश भएसँगै राजसंस्था अपुताली पाएका ज्ञानेन्द्र शाहले कीर्तिनिधि विष्ट र डा.तुलसी गिरीलाई विश्वासमा लिएर आफ्नो नेतृत्वको मन्त्रिमण्डलमा उपाध्यक्ष बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्