Logo

कमल र सिताको तीज गीत ‘झुम्का लाउली मायालु’ सार्वजनिक



काठमाडौं, २९ असार । गायक कमल बिसी ‘माल्दाई’ र गायिका सीता बोहराले यस वर्षको तीजलाई लक्षित गरी ‘झुम्का लाउली मायालु’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।

पहिलो पटक गायिकाको रुपमा देखिएकी बोहोराले तिज गीत ‘झुम्का लाउली मायालु’ लिएर आएकी हुन् । यो गीत बागेश्वरी म्युजिक कम्पनी मार्फत बजारमा सार्वजनिक गरिएको हो ।

भिडियोमा लोक दोहोरी क्षेत्रका चर्चित मोडल तथा डान्सर शंकर बिसी, गायिका स्वयं, वैभव अधिकारी र रक्षा कंडेलले अभिनय गरेका छन् । मोडल शंकर बिसीले नै निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्