Logo

भोलिदेखि चलचित्र ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा



काठमाडौ, २९ असार । भोलीदेखी मुलुक भर प्रदर्शनमा आउन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’को आज राजधानीको चक्रपथमा चलचित्रको बारेमा प्रचार गर्ने भएको छ ।

हिजो मात्रै प्रिमियरमा देखाईएको चलचित्रको भव्य प्रदर्शनको लागि आजै दिनभर प्रचारमा निस्कने नायिका पुजा शर्माले रिपोर्टर्सनेपाल डटकमसँगको कुरा कानिमा जानकारी दिईन ।

चलचित्रको मुख्य नायिका शर्माले यो चलचित्रले सबैको मन जित्ने आशा गरेकी छिन् । उनले भनिन्,‘हामीले सक्ने जति कोसिस गरेका छौँ, कथा पनि राम्रो छ, मुलुका धेरै रमणिय स्थानमा पुगेर छायाङ्कन गरिएको छ। चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुखय भूमिका रहेको छ ।

प्रिमियरमा रेखा थापा, झरना थापा, अशिष्मा नकर्मी, दीपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, स्वस्तिमा खड्का, दीपकराज गिरी, सुनिल रावल, विकासराज आचार्य, आँचल शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायत उपस्थित थिए ।

‘म यस्तो गीत गाउँछु’लाई ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । चलचित्रमा पूजा र पलका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाले छायांकन तथा प्रितम पाण्डेले सम्पादन गरेका छन्।



प्रतिक्रिया दिनुहोस्