Logo

पशुपतिको शिवालयमा डोजर चलाउदा स्थानीय आक्रोसित-फोटो फिचर



काठमाडौं २९ असार । किरियापुत्री भवन बनाउने भन्दै पशुपतिमा मन्दिर परिसरमा रहेको शिवालय भत्काईएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको बिरुद्धमा आक्रोस पाखेका छन् । यता कोषका अधिकारीहरुले भने भत्काइएको संरचना शिवालय नभएको दावी गरेका छन् ।

अधिकारीले त्यो दाउरा राख्न बनाइएको संरचना मात्रै भएको भनेका छन् । त्यसलाई मन्दिर भनेर प्रचार नगर्न आग्रह समेत गरेका छन् ।

प्रत्यक्ष दर्शि अर्जुन लामिछिानेले क्रियापुर्तिको नाममा अनेक चलखेल भैरहेको बताएका छन् । उनले भने,‘पशुपति क्षेत्रभित्र क्रियापुर्ति भवन बनाउन सकिदैन, यो सम्भव पनि छैन्, क्रियापुर्ति बस्नको लागि एउटा दुईटा भवनले पुग्दैन, पशुपति क्षेत्रभित्र यस्ता भवन निमार्ण गर्दा पशुपतिको स्वरुपनै भत्किन्छ ।’

उनले अघि थपे,‘ पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले कार्यकालको अन्तिम दिनमा डोजर लगाए, त्यो उनले गर्न नहुने काम गरे।

तस्बिर- मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्