काठमाडौं ४ साउन । महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ ।
सफ्टवेयरले काम गर्न छोडेपछि महालोले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगहरुलाई निर्देशन दिएको छ । महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ ।