Logo

काँग्रेस कार्यसमितिको बैठक साउन ७ गते बस्ने



काठमाडौं, ४ साउन । नेपाली काँग्रेस कार्यसमिति बैठक यहि साउन ७ गते बस्ने भएको छ । सक्तारुढ दल र राष्ट्रिय जनता पार्टीको बैठक सकिए लगत्तै बालुटारमा बसेको काँग्रेस शीर्ष नेताहरुको बैठकले कार्यसमिति बैठक साउन ७ गते बस्ने निर्णय गरेको महामन्त्री शशांक कोईरालााले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार व्यहोरेको  काँग्रेसका नेता कार्यकता रनभुलमा परेको सहज अनुमा गर्न सकिन्छ । केन्द्रिय समितिको बैठक बोलाएर निर्वाचनको परिणाम र पार्टी नेतृत्वको कार्यशैली माथि गहिरो छलफल हुने एक नेताले बताए ।

निर्वाचन परिणामका बारेमा समिक्षा गर्नको लागि काँग्रेस नेतृत्वलाई चौतर्फि दवाफ आएको छ । त्यस्तै लगत्तै विस्तारगर्ने भनिएको मन्त्रीपरिषदमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले ५ वटा मन्त्रालय दिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्